खानेपानी आयोजनाबाट तारुकाका ६५० घरधुरी लाभान्वित
नुवाकोट । तारकेश्वर गाउँपालिकाको महत्वपूर्ण आयोजनाका रूपमा रहेको जोरघट्ट-तारुका खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । जोरघट्ट मुहानको पानी गाउँपालिकाको तारुका आइपुगेसँगै आइतबार गाउँपालिका अध्यक्ष शिव अधिकारीले खानेपानीको उद्घाटन गरेका हुन् । दुई वडाका ६५० परिवारलाई समेट्ने यो आयोजनाले दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
राष्ट्रिय स्तरमा ख्याति पाएको माघेसंक्रान्ति गोरुजुधाइ मेला लाग्ने ऐतिहासिक महत्वको गाउँ तारुकाका बासिन्दाको दशकौंदेखि अल्झिएको एउटै सपना थियो - घरघरमा धारा, आफ्नै धारामा पानी । जोरघट्टको पानी तारुका झरेसँगै अब यो सपना विपना बनेको बताइएको छ ।
अध्यक्ष अधिकारीले अब तारकेश्वरका कुनै पनि गाउँले काकाकुल बस्ती बनेर बस्न नपर्ने बताए । पानीजस्तो न्यूनतम आवश्यकताको विषयमा आग्रह पूर्वाग्रह र स्वार्थ हावी हुन नहुने भन्दै उनले सबै आयोजनाहरू सम्पन्न गर्ने संकल्प गरे ।
आयोजनाको काम लक्ष्यअनुरूप भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष अधिकारीले पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे । उपभोक्ता समितिले दिएको जानकारी अनुसार, घरघरमा पक्की धारा बनाउने काम दोस्रो चरणमा हुने छ । तारुकावासीले जोरघट्टको पानी सामुहिक रुपमा उपभोग थालिसकेका छन् ।
जोरघट्ट खानेपानी आयोजनाबाट तारकेश्वर २ र ३ का ६५० घरधुरी लाभान्वित भएको उनले बताए । आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम सम्पन्न हुँदै जाने उपभोक्ता समितिका अध्यक्ष समर बहादुर आलेले बताए । खानेपानीका लागि स्थानीयले उत्साहपूर्णरुपमा श्रमदान समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण