कोहलीलाई डे भिलियर्सको सुझाव ‘भारतले विश्वकप जिते सन्न्यास लिँदा राम्रो’
काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डे भिलियर्सले भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीलाई सन्न्यासको विषयमा सल्लाह दिएका छन् । आगामी विश्वकपको उपाधि भारतले जितेमा कोहलीले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिनु उपयुक्त हुने डे भिलियर्सको सुझाव छ ।
आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदै छ । ‘भारतले आगामी विश्वकपको उपाधि जितेमा विराट कोहलीका लागि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने उपयुक्त अवसर हुनेछ । महत्त्वपूर्ण सफलतासँगै लाखौँ घरेलु समर्थकमाझ सन्न्यास लिनुको आनन्द नै बेग्लै हुन्छ,’ डे भिलियर्सले भनेका छन् ।
भारतले एकदिवसीय विश्वकप जितेमा कोहलीले एकदिवसीय र टी—२० दुबै ढाँचाको क्रिकेटबाट सन्न्यास लिनु उपयुक्त हुने सुझाव डे भिलियर्सले दिएका छन् । एकदिवसीय विश्वकपको १३औं संस्करण सकिए लगत्तै कोहली ३५औँ वर्षमा प्रवेश गर्दै छन् ।
‘कोहलीले अझै केही वर्ष टेस्ट क्रिकेट खेल्नु उपयुक्त हुन्छ । त्यसका लागि उनले आफ्नो सम्पूणर् ध्यान लामो ढाँचाको क्रिकेटमा केन्द्रित गर्नुपर्छ,’ डे भिलियर्सले भनेका छन्, ‘उनले दक्षिण अफ्रिका भ्रमण गर्ने योजना पनि बनाएका होलान् तर, त्यो निकै टाढाको कुरा हो । मेरो सुझावमा कोहली सहमत नहुन सक्छन् । किनभने आफ्नो बारेमा निणर्य लिने अन्तिम अधिकार उनीसँगै सुरक्षित छ ।’
डे भिलियर्सले ‘दक्षिण अफ्रिका भ्रमण’ भनेर एकदिवसीय विश्वकपको १४औँ संस्करणलाई सङ्केत गर्न खोजेका हुन् । आईसीसी एकदिवसीय विश्वकपको १४औँ संस्करण सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बाबेमा संयुक्त रुपमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण