महानगरबाट गरिब होइन,गरिबी लखेट्नु पर्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिबी लखेट्नुपर्ने बताएका छन् ।
सामाजिक अभियान्ता 'ईः' को सत्याग्रह र काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलले उनलाई भेटेको प्रशंग कोट्याउदै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।’
ओलीको भनाइ जस्ताको तस्तै:
हो, फुटपाथ हिँड्नकै लागि हो । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन । कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो । असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।
हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो ।
उपमेयरले भेट्नु भएको भन्ने सुनेँ । यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् ।
हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।
समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है ! धन्यवाद !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण