अध्यक्ष ओलीले भने–सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै छ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन् ।
मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्नेभन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो ।
मंगलबार काठमाडौँमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताए । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएपनि २०८४ सालको निर्वाचनसम्म पर्खँदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको पनि बताए । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिएपनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी समेत गरे ।
अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिए । त्यसैगरी उनले चर्को ब्याजदर व्यवसायीहरुलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य