दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने
मङ्गलबार, ०९ असोज २०८०, १९ : १२
काठमाडौँ । अब दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ ।
दराज एपका प्रयोगकर्ताहरूले सजिलै यो खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरूले तिन वा त्यो भन्दा घेरै एकै रङका क्यान्डीहरुलाई एकै ठाउँमा मिलाउनु पर्छ । यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउँछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाउँमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्नेछन् भने जुन उनीहरूको खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ । दराज लोयल्टी क्लबका सदस्यहरूले यो जेम्को प्रयोग गरी दराजका सामानहरूमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण