शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने

मङ्गलबार, ०९ असोज २०८०, १९ : १२
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । अब दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ ।  

दराज एपका प्रयोगकर्ताहरूले सजिलै यो खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरूले तिन वा त्यो भन्दा घेरै एकै रङका क्यान्डीहरुलाई एकै ठाउँमा मिलाउनु पर्छ । यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउँछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाउँमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्नेछन् भने जुन उनीहरूको खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ । दराज लोयल्टी क्लबका सदस्यहरूले यो जेम्को प्रयोग गरी दराजका सामानहरूमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप