चिकित्सकहरूको चेतावनी, ‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’
काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन् । सुरक्षाको माग गर्दै चिकित्सकहरू बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिए । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् ।
विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै चिकित्सकमाथि हातपात गर्नेहरुलाई पक्राउ गरेर कारबाही गर्न माग गरे । सरकारले हातपात गर्नेहरुलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने उनले बताए। दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मूकदर्शक बन्न नहुने बताए ।
घिमिरेले भने, ‘सहमति धेरै भइसक्यो, अब एक्सन चाहियो । दोषी पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस् । जबसम्म दोषी पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ । यो राज्यको कमजोरी हो, कानुनी राज्य भएको भए घटना भए लगत्तै दोषी पक्राउ परी जेलमा जान्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।’
आन्दोलित चिकित्सकहरूले- विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्नेहरू भोलि बिरामी भए भने कहाँ जाने ?, असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?, कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण