मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गोकुल बास्काेटाले लेखा समितिमा गुणस्तरहीन चिनी परीक्षण गरेर देखाएपछि...

बुधबार, १० असोज २०८०, १४ : ०६
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्काेटाले बजारमा उपभोक्ताले महँगोमा गुणस्तरहीन चिनी किन्न उपभोक्ता बाध्य भएको विषय संसद्‍काे सार्वजनिक लेखा समितिमा  उठाएका छन् । 

बुधबार  सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा हरेक वर्ष दसैँ आउन लागेपछि चिनीको मूल्य बढाउनुका साथै गुणस्तरहीन चिनी बिक्री गर्ने गरेको बताए । उनले बजारमा ब्राउन सुगरका नाममा पनि ठगी बढेको र उपभोक्ता गुणस्तरहीन बस्तुलाई बढी मूल्य तिर्नुपर्ने बाध्यतामा रहेको बताए । 

बजारमा सेतो चिनी भन्दा खैरो रङ्गको चिनीको बढी मूल्य लिने गरेको तर त्यसलाई पानीमा घोल्दा कालो पदार्थ तुरुन्तै घुल्ने तर चिनी घुल्न भने समय लाग्ने बताए । 

उनले भने-'म गुणस्तर मापदण्ड नाप्ने परीक्षण गर्ने प्राविधिक त हैन तर म चिनी परीक्षण गरेर देखाउन सक्छु । त्यो चिनी मैले यही समितिमै ल्याएको छु, यो कस्तो हुन्छ म देखाउँछु ।'

त्यसपछि सांसद बास्काेटाले सिसाकाे गिलासको पानीमा चिनी घोलेर सांसदहरूको अगाडि प्रस्तुत गरेका थिए । उनले चिनीमा भइरहेको गुणस्तरहीनता र ठगी रोक्नका लागि सरकारलाई निर्देशन दिन माग गरेका छन् । 

उनले हरेक दसैँको समयमा चिनीको अभाव हुने गरेको बताउँदै २ लाख ५० हजार मेट्रिक टन हाराहारी  चिनी चाहिने बताए । नेपाली चिनी उद्योगीले सरकारसँग अनुदानको पैसा लिने  तर उखु किसानलाई नदिने समस्या रहेको बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप