गोकुल बास्काेटाले लेखा समितिमा गुणस्तरहीन चिनी परीक्षण गरेर देखाएपछि...
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्काेटाले बजारमा उपभोक्ताले महँगोमा गुणस्तरहीन चिनी किन्न उपभोक्ता बाध्य भएको विषय संसद्काे सार्वजनिक लेखा समितिमा उठाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा हरेक वर्ष दसैँ आउन लागेपछि चिनीको मूल्य बढाउनुका साथै गुणस्तरहीन चिनी बिक्री गर्ने गरेको बताए । उनले बजारमा ब्राउन सुगरका नाममा पनि ठगी बढेको र उपभोक्ता गुणस्तरहीन बस्तुलाई बढी मूल्य तिर्नुपर्ने बाध्यतामा रहेको बताए ।
बजारमा सेतो चिनी भन्दा खैरो रङ्गको चिनीको बढी मूल्य लिने गरेको तर त्यसलाई पानीमा घोल्दा कालो पदार्थ तुरुन्तै घुल्ने तर चिनी घुल्न भने समय लाग्ने बताए ।
उनले भने-'म गुणस्तर मापदण्ड नाप्ने परीक्षण गर्ने प्राविधिक त हैन तर म चिनी परीक्षण गरेर देखाउन सक्छु । त्यो चिनी मैले यही समितिमै ल्याएको छु, यो कस्तो हुन्छ म देखाउँछु ।'
त्यसपछि सांसद बास्काेटाले सिसाकाे गिलासको पानीमा चिनी घोलेर सांसदहरूको अगाडि प्रस्तुत गरेका थिए । उनले चिनीमा भइरहेको गुणस्तरहीनता र ठगी रोक्नका लागि सरकारलाई निर्देशन दिन माग गरेका छन् ।
उनले हरेक दसैँको समयमा चिनीको अभाव हुने गरेको बताउँदै २ लाख ५० हजार मेट्रिक टन हाराहारी चिनी चाहिने बताए । नेपाली चिनी उद्योगीले सरकारसँग अनुदानको पैसा लिने तर उखु किसानलाई नदिने समस्या रहेको बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण