आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओलीको अनुरोध : डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ

बुधबार, १० असोज २०८०, १५ : ००
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न अनुरोध गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बुधबार आफ्नो फेसबुक पेजमा पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका छन् । 

‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु’, ओलीले अनुरोध गर्दै भनेका छन्, ‘मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप