आवासीय चिकित्सकलाई ड्युटी नछाड्न युनिभर्सल कलेज अफ मेडिकल साइन्सको निर्देशन
काठमाडौँ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई ड्युटी नछाडी स्वास्थ्य सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ । मेडिकल कलेजले बिरामीहरूप्रति जिम्मेवार हुन् आन्दोलित चिकित्सकहरूलाई आग्रह गरेको छ ।
बुधवार मेडिकलले विज्ञप्ति प्रकाशन गरी विभाग प्रमुखको स्वीकृति नलिईकन आन्दोलनमा उत्रिएमा गम्भीरतापूर्वक लिइने जनाएको छ ।
सम्बन्धित अस्पताल प्रशासन, नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको अवस्थामा आवासीय चिकित्सकहरूलाई बिरामी छाडेर आन्दोलन गर्न नमिल्ने उल्लेख गरिएको छ ।
‘हामी सबै स्वास्थ्यकर्मी र हाम्रा कुनै पनि कर्मचारीको सुरक्षाको लागि चालिएका कदमहरूलाई पनि समर्थन गर्छौँ, तर ड्युटी रोस्टर अनुसार ड्युटी स्टेसनमा अनुपस्थित हुँदा बिरामीको पीडा कदापि मार्फिलायक हुने छैन ।’ मेडिकल कलेजले भनेको छ ।
डाक्टरमाथि आक्रमण भएको विरोधमा हिजोबाट आवासीय डाक्टरले काम बन्द गरी आन्दोलन घोषणा गरेका थिए । उता स्वास्थ्य मन्त्रालयले निरन्तर स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण