रास्वपाप्रति ओलीको टिप्पणी–टुप्पामा पलाएका ऐजेरु
सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरुको भएको बताएका छन् ।
वीरेन्द्रनगर आयोजित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ऐजेरु पार्टीभन्दा एमाले जनताको पार्टीका रुपमा स्थापित दल रहेको बताए ।
उनले रास्वपालाई अनेरास्ववियुसँग तुलना समेत गरे । 'उनीहरुले हामीलाई पुराना पार्टी भनिरहेका छन्,' उनले भने,' यो देशको एक मात्र विकास र परिवर्तनको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने कुरा उनीहरुलाई थाह छैन । '
यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार गुण्डाहरुको सरकार भएको आरोप लगाएका छन्। देशमा जताततै बलात्कारी, गुण्डागर्दी चलिरहेको बताउँदै उनले यो सरकार गुण्डाहरुको सरकार भएको दाबी गरे ।
यस्तै अध्यक्ष ओलीले कर्णालीमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका छन् । उनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिए । नेतृत्वको कुरा सुनेर अगाडि बढ्नुपर्ने उनले बताए ।
अध्यक्ष ओलीले सहमति हुँदै नभए मात्रै चुनाव लड्न भनेका छन् । तर प्यानल बनाएर चुनाव नलड्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण