आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रास्वपाप्रति ओलीको टिप्पणी–टुप्पामा पलाएका ऐजेरु

कर्णालीमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन
बुधबार, १० असोज २०८०, १७ : ३७
बुधबार, १० असोज २०८०

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरुको भएको बताएका छन् ।  

वीरेन्द्रनगर आयोजित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ऐजेरु पार्टीभन्दा एमाले जनताको पार्टीका रुपमा‌ स्थापित दल रहेको बताए ।

उनले रास्वपालाई अनेरास्ववियुसँग तुलना समेत गरे । 'उनीहरुले हामीलाई पुराना पार्टी भनिरहेका छन्,' उनले भने,' यो देशको एक मात्र विकास र परिवर्तनको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने कुरा उनीहरुलाई थाह छैन । '

यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार गुण्डाहरुको‌ सरकार भएको आरोप लगाएका छन्। देशमा जताततै बलात्कारी, गुण्डागर्दी चलिरहेको बताउँदै‌ उनले यो सरकार गुण्डाहरुको सरकार भएको दाबी गरे । 

यस्तै अध्यक्ष ओलीले कर्णालीमा प्यानल बनाएर चुनाव नलड्न  निर्देशन दिएका छन् । उनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिए । नेतृत्वको कुरा सुनेर अगाडि बढ्नुपर्ने उनले बताए ।   

अध्यक्ष ओलीले सहमति हुँदै नभए मात्रै चुनाव लड्न भनेका छन् । तर प्यानल बनाएर चुनाव नलड्न उनले निर्देशन दिए । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप