बढ्यो अम्रिसो निर्यात, दुई महिनामै २१ करोड भित्रियो
काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालबाट अम्रिसोको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा अम्रिसोको निर्यात ह्वात्तै बढेको हो ।
चालू वर्षको दुई महिनाको अवधिमा नेपालबाट २१ करोड २९ लाख ९४ हजार रुपैयाँको अम्रिसो निर्यात भएको छ । यस अवधिमा नेपालबाट उक्त मूल्य बराबरको १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट जम्मा ११ करोड ३० लाख २२ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । गतवर्ष उक्त मूल्य बराबरको २२ लाख ६२ हजारभन्दा धेरै किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकमा देखिएको छ । यो चालू वर्षकोभन्दा १० करोडले कम हो ।
गत वर्ष २२ लाख ६२ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो । जबकी, चालू वर्षमा १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको छ । यसले गत वर्षकोभन्दा चालू वर्षमा परिमाण घटेपनि निर्यातबाट भित्रिएको रकम भने बढेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण