उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग
बेइजिङ । चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो ।
करिब तीन महिनापछि उनी स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुगेका थिए । उनलाई बुधबार अमेरिकी राजदूत र एक वरिष्ठ सैन्य अधिकारीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि उनी अमेरिकी सैन्य अखडामा पुगेका छन् ।
अमेरिका–चीन सहकार्यको दुर्लभ उदाहरण दिँदै बेइजिङले बिहीबार सहयोगको प्रस्ताव गरेको पुष्टि गरेको हो । “उत्तर कोरिया र अमेरिकी पक्षको अनुरोधमा चीनले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गरेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार ‘किङको रिहाईका लागि पारवहन सहजीकरण गर्न चीनले गरेको सहयोगका लागि’ धन्यवाद दिएका छन् । लामो समयदेखि चीन उत्तर कोरियाको सन्धि सहयोगी र मुख्य आर्थिक हितैषी हो ।
तर चीनले किङकोे रिहाईका लागि उत्तर कोरियासँग मध्यस्थता नगरेको र संयुक्त राज्य अमेरिकाले प्योङयाङसँग युद्ध बन्दीको ‘पूर्ण समाप्ति’ भएको ठहर नगरेको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण