आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ह्यारी पोटरका चर्चित ‘प्रोफेसर डम्बलडोर’ को निधन

शुक्रबार, १२ असोज २०८०, ०९ : ५१
शुक्रबार, १२ असोज २०८०

हलिउडको सबैभन्दा ठुलो फिल्म फ्रेन्चाइजी ह्यारी पोटरमा प्रोफेसर डम्बलडोरको भूमिका निभाउने अभिनेता माइकल ग्याम्बनको निधन भएको छ । उनी ८२ वर्षका थिए । माइकलकी श्रीमती लेडी ग्याम्बन र उनका छोरा फर्गसले यो खबरको पुष्टि गर्दै बयान जारी गरेका छन् । 

अभिनेता माइकल ग्याम्बनकी पब्लिसिस्ट क्लेयर डोब्सले बयान जारी गरेकी छिन् । यसमा लेडी र फर्गसको तर्फबाट लेखिएको छ, ‘सर माइकल ग्याम्बन अब यो दुनियाँमा छैनन् भनेर जानकारी दिँदा साह्रै पीडा महसुस भइरहेको छ । एक प्यारा पिता र पति माइकलको निधन अस्पतालमा भयो । उनीसँग उनकी श्रीमती एमन र बेटा फर्गस थिए । उनको निधन निमोनियाका कारण ८२ वर्षको उमेरमा भयो । यो पीडादायी समयमा हाम्रो गोपनीयतालाई सम्मान गरिदिन म तपाईंहरु सबैलाई आग्रह गर्छु । तपाईंहरु सबैको समर्थन र मायाका लागि धन्यवाद ।’

professor1माइकलले अभिनयको तालिम लिएका थिएनन्

माइकल ग्याम्बनलाई प्रेमपूर्वक ‘द ग्रेट ग्याम्बन’ भनेर बोलाइन्थ्यो । अभिनेता राल्फ रिचर्डसनले उनलाई यो नाम दिएका थिए । हलिउड फिल्ममा आउनुअघि ग्याम्बन थिएटरमा काम गर्दथे । उनका नाटक निकै चर्चित हुन्थे जसका लागि उनले अवार्ड पनि पाए । १५ वर्षको उमेरमा माइकलले स्कुल छोडे । त्यसपछि साथी अभिनेताले झैँ उनले कुनै पनि ड्रामा स्कुलमा तालिम लिएनन् । सुरुवाती समयमा उनी साना प्रोडक्सनमा काम गर्दथे । यहाँबाट नै उनले अभिनय सिके र आफ्नो क्षमतालाई निखारे । 

ग्याम्बनको जन्म सन् १९४० मा आयरल्यान्डको डबलिनमा भएको थियो । दोस्रो विश्व युद्धका बेला उनका पिता परिवारसमेत लन्डन आए र त्यहाँ प्रहरीको रूपमा काम गरे । १६ वर्षको उमेरमा माइकल ग्याम्बनले विकर्स आर्मस्ट्रङ्ग फ्याक्ट्रीमा इन्जिनियरिङ अप्रेन्टिसशिपमा काम गर्न सुरु गरे । थिएटरमा उनले सेट बिल्डरको रूपमा काम गर्न सुरु गरे । त्यसपछि उनले स्टेजमा सानातिना भूमिका पाउन थाले । सन् १९६५ मा रिलिज भएको फिल्म ‘ओथेलो’ बाट उनले आफ्नो फिल्मी डेब्यू गरेका थिए । २२ वर्षको उमेरसम्म उनले फिल्ममा सानातिना भूमिका पाउन थालेका थिए । 

सन् १९८९ मा रिलिज भएको फिल्म द कुक, द थिफ, हिज वाइफ एन्ड हर लभरमा काम गरेका थिए । यसबाहेक उनलाई द सिङ्गिङ डिटेक्टिभ र एन्जलस इन अमेरिकामा देखियो । तर उनी सन् २००४ मा रिलिज भएको फिल्म ह्यारी पोर्टर एन्ड द प्रिज्नर अफ आज्कबान थियो जसले उनलाई प्रोफेसर डंबलडोरको रूपमा विश्व भरी चर्चित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप