रोनाल्डोको निर्णायक गोलमा अल–नासर विजयी
रियाद । क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको मद्दतले अल–नासर साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी बन्यो ।
खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर, ७९ औँ मिनेटमा भर्जिल भिसिडजानले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।
यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन् । त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन् ।
योसँगै लिगमा उनले लगातार १८ औँ सिजन दोहोरो अंकमा गोल गर्न सफल भएका छन् । पछिल्लो पटक सन् २००४/०५ सिजनमा उनले यो उपलब्धि हासिल गर्न चुकेका थिए । त्यस यता उनले क्लबका लागि ७११ गोल गरिसकेका छन् ।
लिगमा लगातार छैटौँ जीतसहित टोली चौथो स्थानमा उक्लिएको छ । ८ खेलपछि टोलीको १८ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र २ अङ्कले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण