देउचुली र बार्तलीमा
म देउचुली र तिमी बार्तलीमा
किन बस्ने ?
आउ यता सँगै गीत गाऊँ
चिप्लेटी खेल्ने रहर छ तिमीसँग
तिम्रो कोमल शरिरमा
समयको नास्पतीको बोट देख्न मन छ
सङ्गै बसेर नखाएको पनि निकै भयो
यो मन को चाह ।
तिनिक्क समयलाई तानेर
तन्नालाई च्यात्न हैन
सिउन मन छ प्रेमको धागोले
समयको यौवनका बिहानीमा
जोवनका ईच्छाहरू फुलाएर
लुकामारी खेल्न मन छ
पाती र ऐशेलुको घारीमा
लुकामारी नखेलेको पनि धैरै भयो ।
लुकामारी लुकामारी नै हो
समयको कुनामा बसेर
कदमको बोट सँगैको कुवाको पानी
एउटै अञ्जुलीमा पिउन मन छ
बाबियोको झाडी पन्छाउँदै
पहाड नचढेको पनि युगौं भयो
तिमी उकाली र म ओरालीमा हुँदा
तिमी तल र म माथि भएर उकालो नचढेको
थाक्न मन छैन कत्ति पनि
थकान मारेर टुप्पोमा चढ्न मन छ
आँखा चिम्लिएर
प्रकृतिलाई नियाल्न मन छ सुटुक्क
लिङ्गे पिङमा तिमीलाई बसाएर
मच्चाउन मन छ
रात तातिएर
बिहान सेलाउन थालेको समय देख्न मन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण