फिलिपिन्सको ‘मिसेस युनिभर्स २०२३’मा नेपालको प्रतिनिधित्व विमलाले गर्ने

काठमाडौँ । आगामी अक्टोबरमा फिलिपिन्समा आयोजना हुने ४६ औं ‘मिसेस युनिभर्स २०२३’मा नेपालको प्रतिनिधित्व विमला बुढाथोकीले गर्ने भएकी छन् । लन्डन फेसन हाउसले हालै एक समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गर्दै फिलिपिन्स पठाउन लागेको हो ।
बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ की विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिए ।
फिलिपिन्समा हुने प्रतियोगितामा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले बताइन् । विमलाले भने नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र नेपालमा ताज ल्याउने विश्वास आफूलाई रहेको बताइन् ।
सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एयरलाइन्समा काम गरेकी थिइन् । हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको कीर्तिमानी शतकपछि चर्चामा आएका सूर्यवंशीलाई बिहार छाडेर बंगालबाट खेल्न प्रस्ताव
-
दुर्घटनामा परेका पवनदीपको स्वास्थ्य अवस्था कस्तो छ ?
-
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीको सचिवालय बैठक चम्पादेवीमा
-
‘मेरो बदनाम गराउन श्वेतपत्रमा ५ अर्ब नोक्सानी देखाइयो’ (भिडियोसहित)
-
चट्याङ लागेर बालकको मृत्यु