यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो
शनिबार, १३ असोज २०८०, २१ : ४१

काठमाडौँ । भारतले यु–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिवार पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको हो
दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल व्यहोरेको थियो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए ।
डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो । खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि भारत जित नजिक पुगेको हो ।
इन्जुरी समयमा किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री दाहाललाई पाटनमा अभिनन्दन
-
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदहरुको जोड
-
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
-
चितवन हत्या प्रकरण : स्कुल ड्रेसमा थिए बच्चा, अचानक खुर्पा प्रहार गरेर हत्या
-
माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु
-
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष प्रचण्ड