फाइनलमा पुग्ने लक्ष्यसहित नेपाल आज बलियो बंगलादेशसँग भिड्दै
सारांश
- साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ, खेल युपियामा हुनेछ।
- नेपाल समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने बंगलादेश समूह 'ए' को विजेता हो।
- बंगलादेश साविक विजेता हो र अघिल्लो फाइनलमा नेपाललाई हराएको थियो, जुन खेल २०२४ मा भएको थियो।
काठमाडौँ । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले बलियो प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दैछ । खेल अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा नेपाली समय अनुसार, राति १५ः ४५ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट माल्दिभ्स उपविजेता बन्दै अन्तिम चरणमा प्रवेश गरेको थियो ।
समूहगत चरणमा दुई खेल खेलेको नेपालले एक जित र एक हारको नतिजा निकालेको थियो । नेपाली टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली आयोजक भारतसँग ०–४ गोलले पराजित भएको थियो ।
बंगलादेशले भने समूहगत चरणमा एक जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेशको टोली आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आफ्नो दोस्रो खेलमा बंगलादेशले भुटानलाई ३–० गोलले पराजित गरेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक भारत र माल्दिभ्सबिच खेलिनेछ । भारत र माल्दिभ्सबिचको खेल नेपाली समय अनुसार, राति १९ः ४५ बजे गोल्डेन जुब्ली स्टडियममै खेलिने छ ।
बंगलादेश प्रतियोगिताको साविक विजेता हो । सन् २०२४ मा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराउँदै उपाधि हात पारेको थियो । बंगलादेशले जितेको त्यो पहिलो उपाधि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण