शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा अभिनन्दन

शुक्रबार, ०२ जेठ २०८२, १२ : ४८
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • पूर्वप्रधानमन्त्री प्रचण्डलाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ।
  • माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गमा जनसम्पर्क विस्तार गर्ने अभियान सुरु गरेको छ, जुन जेठ १० गते पोखरामा समापन हुनेछ।

बैतडी । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । ‘जनातासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभाम्भ गर्न यहाँ पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए ।

आजै दिउँसो यहाँको पाटनमा विशेष कार्यक्रमको आयोजना गर्दै अध्यक्ष प्रचण्डले उक्त जनजागरण अभियानको शुभारम्भ गरेका छन् । यो अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड स्वयंले गर्नेछन् ।

अभियानमा भाग लिन पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आइपुगेका छन् ।

यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ ।   

अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ । अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप