पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई शुक्रबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक मस्जिद नजिक भएको विस्फोटमा ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको बताउँदै उनीप्रति सहानुभूति प्रकट गरेका छन् ।
चीन सरकार र जनताका तर्फबाट राष्ट्रपति सीले राष्ट्रपति अल्वीलाई विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो शोक व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
चिनियाँ राष्ट्रपतिले सबै किसिमका आतङ्कवादका रुप र प्रकटीकरणको दृढतापूर्वक विरोध गर्ने, राष्ट्रिय स्थायित्व एवं सुरक्षा कायम गर्ने पाकिस्तानको प्रयासमा चीनले दृढतापूर्वक सहयोग गरिरहने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि पाकिस्तानका कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
बलुचिस्तानको दक्षिणपश्चिमी मस्तुङ जिल्लामा पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी गराइएको विस्फोटमा ५२ जनाको मृत्यु भएको थियोभने अन्य ५० जनाभन्दा बढी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम