सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति (सर्च कमिटी)ले सर्ट लिस्टमा परेकाहरूको अन्तर्वार्ता लिने काम सकेको छ ।
सर्च कमिटीले ३ दिनमा ३० जनाको अन्तरवार्ता लिने काम सकेको हो ।सिफारिस समितिका प्रवक्ता डा. लिली थापाका अनुसार बुधबार, बिहीबार र शुक्रबार गरी ३० जनाको अन्तर्वार्ता लिने काम सकिएको हो । आयोगको पदाधिकारीका लागि सर्च कमिटीमा आवेदन दिएकामध्ये ३४ जनाको नाम सर्ट लिस्टमा समावेश थियो ।
ती मध्ये एक जना बिरामी भएर अनुपस्थित भएको र ३ जनाले नाम फिर्ता लिएकाले ३० जनाको मात्र अन्तर्वार्ता लिएको प्रवक्ता थापाको भनाइ छ । शनिबार समितिको बैठक बसेर निर्णय प्रक्रियामा जाने प्रवक्ता थापाले बताइन् ।
समितिले दुई आयोगका लागि २ अध्यक्ष चार चार जना गरी ८ सदस्यको नाम सिफारिस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आव्हान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?