सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति (सर्च कमिटी)ले सर्ट लिस्टमा परेकाहरूको अन्तर्वार्ता लिने काम सकेको छ ।
सर्च कमिटीले ३ दिनमा ३० जनाको अन्तरवार्ता लिने काम सकेको हो ।सिफारिस समितिका प्रवक्ता डा. लिली थापाका अनुसार बुधबार, बिहीबार र शुक्रबार गरी ३० जनाको अन्तर्वार्ता लिने काम सकिएको हो । आयोगको पदाधिकारीका लागि सर्च कमिटीमा आवेदन दिएकामध्ये ३४ जनाको नाम सर्ट लिस्टमा समावेश थियो ।
ती मध्ये एक जना बिरामी भएर अनुपस्थित भएको र ३ जनाले नाम फिर्ता लिएकाले ३० जनाको मात्र अन्तर्वार्ता लिएको प्रवक्ता थापाको भनाइ छ । शनिबार समितिको बैठक बसेर निर्णय प्रक्रियामा जाने प्रवक्ता थापाले बताइन् ।
समितिले दुई आयोगका लागि २ अध्यक्ष चार चार जना गरी ८ सदस्यको नाम सिफारिस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण