लालपुर्जा माग्दै मेयरलाई ज्ञापन पत्र
कपिलवस्तु लालपुर्जा माग गर्दै राष्ट्रिय मुक्ति आन्दोलन नेपाल कपिलवस्तुले यहाँको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुलाई ४२ सुत्रिय ज्ञापन पत्र पुुझाएको छ ।
बुधवार नगरपालिका परिसरमा भएको कार्यक्रम मार्फत राष्ट्रिय मुक्ति आन्दोलन नेपालका अध्यक्ष डा.जबी शाहले भुमी सुकुम्बासी, अब्यवस्थित बसोबासी, मुक्त हरवा चरवा, ओर्गाईन, तरायल र बुक्रहीलाई लालपूर्जा दिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
विशेषगरी आठ नम्बरी नौ नम्बरी आकँडा वला, उखडावला, मिनाहाडिवला, ब्लकवला, अमानतिवला मुआब्जावाला सर्ताभर्नावला लगतकट्टीवला मोही तथा गुठिवलाहरुको बारेमा ध्यानाकर्षण गराउदै उनीहरुले हालसम्म जे जति जग्गा जोतभोक बासोबास गर्दै आएका छन् ती सबै जग्गाको नापी गरी अबिलम्ब लालपुर्जा पाउनुपर्ने लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यहाँको सुकुम्बासी समस्याको बारेमा बिगतमा पनि विभिन्न ठाउँहरुमा यसरी नै ज्ञापन पत्र बुझाएपनि कुनै सुनुवाई नभएको भन्दै अब भने सुनुवाई हुनेमा आफुहरु विश्वस्त रहेको शाहले बताए ।
उनले भने,–‘सुकुम्बासी समस्याको बारेमा यतिबेला सरकार पनि गंभिर भएको महशुस गरेका छौ, अब यहि माग राखेर पुन आउन नपर्ने विश्वास राखेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण