ज्येष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई विकासका आयमसँग जोड्न आवश्यक : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताएका छन् ।
३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताए । उनले ज्येष्ठ नागरिकको अथाह परिश्रम असीम लगानी र लगनशीलताले मानव सभ्यताको यो अवस्थामा ल्याइएको स्पष्ट पारे ।
मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरु वर्तमान पुस्ताको बोझ नभई आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउनुपर्ने बताए । उनले ज्येष्ठ नागरिकमा हुने एकलोपन हटाउन तथा तेस्रो पुस्तामा ज्येष्ठ नागरिकहरु प्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुर्खालाई सम्झँदै प्रचण्डले भने - म पनि दैलेखी नै हुँ !
-
‘यो पुस्तकलाई मैले गर्भमै तुहाइदिएको भए ठुलो पाप लाग्ने रहेछ’
-
जनमत पार्टीका कोषाअध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश
-
अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित