शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

बारामा भारतीयको सहयोग लिएर ३५ वर्षीय युवकको हत्या

३ जना आरोपित पक्राउ
आइतबार, १४ असोज २०८०, १९ : ०७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । बाराको पचरौतामा मृत भेटिएका ३५ वर्षीय अमरेश कुमार सिंहलाई छिमेकीले हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । असोज ८ मा राति साढे १२ बजे नेपाल–भारत सिमानामा अमरेश कुमार सिंह मृत अवस्थामा भेटिएका थिए ।

सिंहलाई पचरौता नगरपालिका–१ स्थित पिपरपातिमा धारिलो हतियार  प्रयोग गरेर घाँटी काटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्या आरोपमा ३ जनालाई पक्राउ गरिएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा पचरौता नगरपालिका–१ बस्ने ३५ वर्षीय श्याम लाल महतो उर्फ सामलाली, राजु शाह र श्याम लालको भाइ जागृत महतो उर्फ झोझा छन् ।

श्याम लाल महतोले धादिङमा बस्ने आफ्ना छोरा २० वर्षीय अधेश कुमार महतोलाई बोलाएर कान्छा छोरा १६ वर्षीय धनेश कुमार महतो र भारतीय नागरिक २१ वर्षीय राहुल शाह कानुको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मृतक अमरेश कुमार छिमेकमा अनैतिक सम्बन्धमा थिए । विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको देखिएको छ । हत्यामा संलग्न ३ जना फरार  जना फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप