बारामा भारतीयको सहयोग लिएर ३५ वर्षीय युवकको हत्या
काठमाडौँ । बाराको पचरौतामा मृत भेटिएका ३५ वर्षीय अमरेश कुमार सिंहलाई छिमेकीले हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । असोज ८ मा राति साढे १२ बजे नेपाल–भारत सिमानामा अमरेश कुमार सिंह मृत अवस्थामा भेटिएका थिए ।
सिंहलाई पचरौता नगरपालिका–१ स्थित पिपरपातिमा धारिलो हतियार प्रयोग गरेर घाँटी काटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्या आरोपमा ३ जनालाई पक्राउ गरिएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा पचरौता नगरपालिका–१ बस्ने ३५ वर्षीय श्याम लाल महतो उर्फ सामलाली, राजु शाह र श्याम लालको भाइ जागृत महतो उर्फ झोझा छन् ।
श्याम लाल महतोले धादिङमा बस्ने आफ्ना छोरा २० वर्षीय अधेश कुमार महतोलाई बोलाएर कान्छा छोरा १६ वर्षीय धनेश कुमार महतो र भारतीय नागरिक २१ वर्षीय राहुल शाह कानुको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
मृतक अमरेश कुमार छिमेकमा अनैतिक सम्बन्धमा थिए । विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको देखिएको छ । हत्यामा संलग्न ३ जना फरार जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण