सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

आइतबार, १४ असोज २०८०, १९ : ३०
आइतबार, १४ असोज २०८०

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तिन जनालाई काठमाडौँको पुरानो बानेश्‍वरबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

आइतबार सुनसरीको इटहरी उपमहानगरपालिका ८ घर भई काठमाडौँको बेसीगाउँ बस्ने २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका ४ घर भई बेसीगाउँमानै बस्ने २६ वर्षीय लालमान तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका २ घर भई काठमाडौँको जोरपाटी बस्ने २६ वर्षीय प्रेम रसाइलीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

बागमती प्रदेश ०२–०३४ प ०९१८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट गत भदौ ९ गते हराएको  भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्त भएको थियो । 

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प २४७७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍इकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी चोरीमा संलग्न ३ जनालाई पुरानोबानेश्‍वरबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप