शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीचमा विश्वासको वातावरण थप भयो : प्रमुख सचेतक लेखक

आइतबार, १४ असोज २०८०, २० : १८
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चिन भ्रमणपछि दुई देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको बताएका छन् ।  

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको चिन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको बताएका हुन् । उनले प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भएको टिप्पणी गरे । उनले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै सोही आधारमा छलफल हुन सकेको बताए । 

बैठकले समानस्तरमा विश्वासको वातावरण निर्माण गरेको भन्दै  प्रमुख सचेतक लेखकले बैठक कूटनीतिक रुपमा सफल भएको बताए । 

प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विदेश भ्रमणबाट के ल्यायो भनेर मगन्तेको जस्तो कुरा गर्नु नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप