प्रचण्डले बोलाए पदाधिकारी बैठक
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पदाधिकारीका एक सदस्यले जानकारी दिए ।
बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । ती नेताका अनुसार बैठकमा सबै प्रदेश इन्चार्जले एक महिनाको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
‘बैठकको एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमण, पार्टी रूपान्तरण अभियानको समीक्षा, विद्यालय शिक्षा विधेयक लगायत विषय रहेका छन्’, ती पदाधिकारीले भने, ‘यीबाहेक नेसपासँग पार्टी एकता र समसामयिक राजनीति विषयमा पनि छलफल हुन सक्छ ।’
भदौ ३० गते डा. बाबुराम भट्टराईलाई बाइपास गरेर नेसपाका दोस्रा अध्यक्ष महिन्द्रराय यादवलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि भट्टराई असन्तुष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण