बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित

सोमबार, १५ असोज २०८०, १४ : ०२
सोमबार, १५ असोज २०८०

काठमाडौँ ।  एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा १ घण्टा १२ मिनेट चेलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४ र २५–११ ले हरायो ।

  समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसंग २५–४, २५–१६ र २५–१३ को सीधा सेटमा हारेको थियो ।

 हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले क्लासिफिकेसन म्याच भने खेल्न बाँकी छ । एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप