शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न तीन दिनको समय थप

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न तीन दिनको समय थप गरेको छ । सोमबार प्रधानाध्यापकहरूसँग छलफल गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले नियामकको निर्देशन पालना गर्दै आफ्नो कर्तव्यपालनामा लाग्न आग्रह गरे ।
गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा विवाद भएको सन्दर्भमा गाउँपालिकाले प्राधानाध्यापकहरुसँग छलफल गरेको हो । सो क्रममा प्रधानाध्यापकहरूले केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।
उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो । शिक्षकहरूको तलब, चाडपर्व खर्च लगायत सेवा सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा हुने भएकाले पनि कार्यान्वयनमा ढिला गर्न नहुने अध्यक्ष अधिकारीले प्रधानाध्यापकहरूलाई बताए ।
गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियान अन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित परीक्षणका रूपमा एक तिहाइ शिक्षकको काज सरुवा गरेको अधिकारीको भनाइ छ ।
सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ संगठनको अगुवाइमा उच्च अदालत पाटनमा रिटमा दायर भएको थियो । पहिलो सुनुवाइमा अदालतले अन्तरिम आदेश दिएपनि बुधबार भने खारेज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ आयोजना हुने
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह