कुमारी बैंकको ‘दसैँ र तिहार परिवारलाई उपहार’योजना सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।
यस अवसरमा बैंकले ग्राहक माझ लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ । २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई रु एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमा तथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको जनाइएको छ ।
साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।
यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा रु २० हजारको मेडिकल बीमा सुविधा प्रदान गर्ने छ । बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दा जैविक विविधतामा खतरा निम्त्यायो : उपराष्ट्रपति यादव
-
प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’
-
आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा