कुमारी बैंकको ‘दसैँ र तिहार परिवारलाई उपहार’योजना सार्वजनिक, के–के छन् विशेषता ?
काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।
यस अवसरमा बैंकले ग्राहक माझ लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ । २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई रु एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमा तथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको जनाइएको छ ।
साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।
यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा रु २० हजारको मेडिकल बीमा सुविधा प्रदान गर्ने छ । बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण