एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग हार्यो नेपाल
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला कबड्डीमा मंगलबार नेपाली टोली इरानसँग पराजित भएको छ । समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपाली टोली इरानसँग पराजित भएको हो । इरानले नेपाललाई ४३—१९ अङ्कको फराकिलो अन्तरले हरायो ।
यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ३७—२४ अङ्कले हराएको थियो । इरानलाई हराउन सकेको भए नेपाल मंगलबार नै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने थियो । त्यसपछि नेपालले कम्तीमा कांस्य पदक जित्ने पक्का हुने थियो ।
तर, अब सेमिफाइनल समीकरणका लागि इरान र बंगलादेशबीच बुधबार हुने खेलको नतिजालाई पर्खनु पर्नेछ । उक्त खेलमा बङ्गलादेश पराजित भए नेपाल सजिलै सेमिफाइनलमा पुग्नेछ । तर, उक्त खेलमा बङ्गलादेश विजयी भए नेपालको सेमिफाइनल यात्रा कठिन बन्नेछ । महिला कबड्डीको समूह ‘ए’ मा भने भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण