शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

न्युरोडबाट राजस्व छलीको मोबाइल र चोरीको गाडी बरामद

मङ्गलबार, १६ असोज २०८०, १२ : १७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरीले राजस्व छलिको मोबाइल र चोरीको गाडी बरामद गरेको छ । ८० थान मोबाइल र फोर्ड कम्पनीको बा.११ च ५०९४ नम्बरको गाडी बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

राजस्व छलीको मोबाइल र गाडी सहित रामेछापको लिखु गाउँपालिका–७ घर भएका मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

बरामद सामान सहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप