महिला आठ सय मिटर दौडमा हिट चरणबाटै बाहिरिइन् नेपालकी फुलमती
मङ्गलबार, १६ असोज २०८०, १४ : २२
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला आठ सय मिटर दौडमा मंगलबार नेपाली खेलाडी फुलमती राना हिट चरणबाटै बाहिरिएकी छन् । फुलमती सम्मिलित ‘हिट टू’ मा सातजना खेलाडी सहभागी थिए ।
फुलमती आफ्नो हिटमा छैठौँ भइन् । उनले निर्धारित दूरी तय गर्न दुई मिनेट २२.५९ सेकेन्ड समय खर्चिएकी थिइन् । उनको समूहमा रहेकी पाकिस्तानी धाविका रबिला फारुक भने प्रतिस्पर्धाका लागि अयोग्य घोषित भएकी थिइन् ।
‘हिट टू’ मा भारतीय खेलाडी हर्मिलान बाइन्स पहिलो स्थानमा रहिन् । उनले दुई मिनेट ०६.६२ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । बहराइनकी धाविका मार्टा हिरपातो योता दोस्रो स्थानमा रहिन् । उनले निर्धारित दुरी दुई मिनेट ०६.८५ सेकेन्डमा पुरा गरिन् । भारत र बहराइनका खेलाडी अघिल्लो चरणका लागि छनोट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण