महिला आठ सय मिटर दौडमा हिट चरणबाटै बाहिरिइन् नेपालकी फुलमती
मङ्गलबार, १६ असोज २०८०, १४ : २२

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला आठ सय मिटर दौडमा मंगलबार नेपाली खेलाडी फुलमती राना हिट चरणबाटै बाहिरिएकी छन् । फुलमती सम्मिलित ‘हिट टू’ मा सातजना खेलाडी सहभागी थिए ।
फुलमती आफ्नो हिटमा छैठौँ भइन् । उनले निर्धारित दूरी तय गर्न दुई मिनेट २२.५९ सेकेन्ड समय खर्चिएकी थिइन् । उनको समूहमा रहेकी पाकिस्तानी धाविका रबिला फारुक भने प्रतिस्पर्धाका लागि अयोग्य घोषित भएकी थिइन् ।
‘हिट टू’ मा भारतीय खेलाडी हर्मिलान बाइन्स पहिलो स्थानमा रहिन् । उनले दुई मिनेट ०६.६२ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । बहराइनकी धाविका मार्टा हिरपातो योता दोस्रो स्थानमा रहिन् । उनले निर्धारित दुरी दुई मिनेट ०६.८५ सेकेन्डमा पुरा गरिन् । भारत र बहराइनका खेलाडी अघिल्लो चरणका लागि छनोट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण