ब्याडमिन्टन खेलाडी रसिला प्रिक्वार्टरफाइनलमा, अन्य तीन स्पर्धामा नेपाल पराजित
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको ब्याडमिन्टनमा मंगलबार नेपाल एक स्पर्धाको प्रिक्वार्टरफाइनल चरणमा पुगेको छ । मंगलबार नै खेलाइएको बाँकी तीन स्पर्धामा भने नेपाली पराजित भएका छन् ।
महिला एकलतर्फको अन्तिम ३२ खेलाडीबीचको भिडन्तमा जित हात पार्दै नेपालकी रसिला महर्जन प्रिक्वार्टरफाइनलमा पुगेकी हुन् । उनले मंगोलियाकी खेलाडी गानबातर म्यागमार्टस्ट्रिनलाई २—० सेटले पराजित गरिन् ।
रसिलाले पहिलो सेटको नतिजालाई २१—४ ले आफ्नो पक्षमा पारेकी थिइन् । दोस्रो सेटको खेलमा पनि रसिला २१—७ अंकले विजयी भइन् । रसिलाले पहिलो सेट जित्न ६ मिनेट र दोस्रो सेट जित्न १० मिनेट समय लगाएकी थिइन् ।
यसैगरी महिला एकलतर्फको अर्को खेलमा नेपाली खेलाडी अनुमाया राई पराजित भइन् । थाइल्यान्डकी खेलाडी पर्नपावी चोचुवङले अनुमायालाई २—० सेटमा हराइन् । उक्त खेलमा थाइल्यान्डकी खेलाडी २१—१० र २१—४ अंकले विजयी भएकी हुन् ।
यसैगरी महिला डबल्सतर्फको खेलमा पनि नेपाली खेलाडी पराजित भए । चाइनिज ताइपेईका खेलाडी या चिङ सु र वान चिङ लिनको जोडीले नेपाली खेलाडी निता लम्साल र नङ्सलदेबी तामाङको जोडीलाई २—० सेटमा हराए । उक्त खेलमा चाइनिज ताइपेईका खेलाडी २१—१ र २१—५ अंकले विजयी भएका थिए ।
यसैगरी महिला डबल्सतर्फकै अर्को खेलमा पनि नेपाली खेलाडी पराजय स्वीकार्न बाध्य भए । इन्डोनेसियाका खेलाडी फेब्रियाना कुसुमा र अमालिया प्रातिवीको जोडीले नेपाली खेलाडी रसिला महर्जन र अनुमाया राईको जोडीलाई २—० सेटमा हराए । उक्त खेलमा इन्डोनेसियाका खेलाडी २१—३ र २१—७ अंकले विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण