शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लिट्मस केबल्सको–वायरिङ दमदार, घर शानदार योजना

मङ्गलबार, १६ असोज २०८०, १८ : ०३
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । लिट्मस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ । 

यो योजना अन्तर्गत ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँसम्मको लिट्मस केबल खरिद गर्नुपर्ने छ । खरिद गरेको भ्याट बिलसहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र सम्पर्क नम्बर राखेर कम्पनीसाग सम्पर्क गर्नुपर्ने बताइएको छ । 

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन् । यो योजना १५ असोज देखि ३० कात्तिक सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप