लामो समयपछि रजनीकान्त र अमिताभलाई एक साथ पर्दामा हेर्न पाइने
मुम्बई । रजनीकान्तको ‘थलाइवर १७०’ मा अमिताभ बच्चनको प्रवेश भएको छ । लामो समय पछि दुई सुपरस्टार एकसाथ एउटा चलचित्रमा देखिने भएका हुन् ।
चलचित्रमा केही नयाँ कलाकारहरू पनि देखिनेछन् । जसमा मन्जू वारियर, दुशारा विजयन र रितिका सिंह रहेका छन् । बाहुबलीबाट चर्चित बनेका राणा दग्गुबाती पनि चलचित्रको हिस्सा हुनेछन् ।
यो खबर फिल्मको निर्माण कम्पनीको आधिकारिक सामाजिक सञ्जालबाट साझा गरिएको हो । ‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ । रजनीकान्त र अमिताभको जोडी ३२ वर्षपछि एक साथ चलचित्रमा काम गर्न लागेका हुन् ।
पछिल्लोपटक उनीहरूले सन् १९९२ मा ‘हम’ चलचित्रमा काम गरेका थिए । सँगै काम नगरे पनि अमिताभले सधैँ रजनीकान्तलाई समर्थन गर्दै आइरहेका छन् । उनी रोबोट चलचित्रको पत्रकार सम्मेलनमा पनि भाग लिएका थिए । उक्त चलचित्रमा उनकी बुहारी ऐश्वर्य राई पनि हिस्सा थिइन् ।
यो चलचित्रको निर्देशन टीजे गनानवेलले गर्दैछन् । उनले यसअघि सूर्या अभिनीत चलचित्र ‘जय भीम’ को निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण