बझाङ भूकम्पको असर : २६ घाइते, १ बेपत्ता, ४८ भवनमा क्षति
काठमाडौँ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पबाट सुदूरपश्चिमका सात जिल्लामा क्षति भएको छ । सशस्त्र प्रहरीको रिपोर्टअनुसार बुधवार बिहानसम्मको रिपोर्टअनुसार विभिन्न जिल्लामा २६ घाइते र एकजना बेपत्ता भएका छन् ।
त्यसैगरी ४८ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ भने एउटामा पूर्ण क्षति भएको छ । त्यस्तै ४६ वटा निजी घरमा आंशिक र ६ वटा पूर्ण क्षति भएको सशस्त्र प्रहरी प्रधान कार्यालयको रिपोर्टमा उल्लेख छ ।
प्रहरीका अनुसार बझाङमा मात्रै १८ जना घाइते भएका छन् भने ३१ सरकारी भवन आंशिक क्षति भएका छन् भने २९ वटा निजी घरमा आंशिक क्षति भएको छ । बाजुरामा २ जना मानिस घाइते हुनुका साथै ४ वटा सरकारी भवन ४ वटा आंशिक क्षति र एकवटा घर पूर्ण र ९ वटा घरहरू (आंशिक) क्षति भएका छन् । डोटीमा ६ वटा सरकारी भवन आंशिक, १ पूर्ण र १ वटा घरमा क्षति पुगेको छ ।
अछाममा ५ जना घाइते भएका छन् भने एक सरकारी भवन पूर्ण, ५ आंशिक क्षति हुँदा एक घर पूर्ण र ३ घरमा आंशिक क्षति भएको छ । बैतडीमा १ जना घाइते, सरकारी भवन १ आंशिक र २ घरमा पूर्ण क्षति पुगेको छ । दार्चुलाको एक सरकारी भवनमा आंशिक क्षति पुगेको छ भने डडेलधुरामा एक घर पूर्ण र ४ घरमा आंशिक क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण