इम्तियाजको प्रष्टीकरण : ‘जब वी मेट’ को सिक्वेल बनाउन लागेको छैन
मुम्बई । निर्देशक इम्तियाज अलीले ‘जब वी मेट’ को दोस्रो संस्करणमा काम गर्न नलागेको स्पष्ट पारेका छन् । न्युज १८ सँगको अन्तरवार्तामा इम्तियाजलाई चलचित्रबारे प्रश्न गरिएको थियो । जसमा उनले जवाफ दिए, ‘मैले कयौँ सञ्चारमाध्यममा यसबारे रिपोर्टहरू पढेको थिएँ । तर, यसलाई प्रकाशन गर्न अघि कसैले मलाई सोधेनन् । मसँग जब वी मेट–२ को कथा छैन । अहिले म कुनै सिक्वेल बनाउन लागेको छैन । भविष्यमा के हुन्छ थाहा छैन ।’
१६ वर्ष अघि रिलिज भएको जब वी मेटको दोस्रो संस्करणको चर्चा शाहिद कपुरले सामाजिक सञ्जालमा एक फ्यानको प्रश्नको जवाफ दिएपछि सुरु भएको थियो । फ्यानले शाहिदसँग प्रश्न गरेका थिए, ‘तपाईं र इम्तियाजबिच लगातार छलफल भइरहेको देखिरहेको छु । कुनै प्रोजेक्टमा कुराकानी भइरहेको हो ?’ जवाफमा शाहिदले लेखेका थिए, ‘स्मार्ट ब्वाई’ ।
यसअघि शाहिदसँग चलचित्रको सिक्वेलको बारेमा पनि सोधिएको थियो जसमा उनले यो चलचित्रको स्क्रिप्टमा भर पर्ने बताएका थिए । उनले चलचित्रको ओरिजनल कथासँग मेल खाने भयो भने आफू काम गर्न तयार रहेको उनको भनाई थियो ।
सन् २००७ मा जब वी मेट रिलिज भएको थियो । चलचित्रले शाहिद कपुर, करीना कपुर र निर्देशक इम्तियाज अलीको करियरमा ठुलो परिवर्तन ल्याएको थियो । चलचित्रको बक्स अफिसमा यो चलचित्र हिट भएको थियो भने समालोचकहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण