आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिए : ओली

बुधबार, १७ असोज २०८०, १४ : १२
बुधबार, १७ असोज २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताएका छन् । विराटनगरमा आज आयोजित एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने दाबी गरे । उनले देश चलाउन एमालेबाहेक अरू नभएको बताउँदै त्यसका लागि मिसन ८४ अनुसार जित्न आवश्यक भएको बताए ।

उनले नवनिर्वाचित हरूलाई शुभकामना गर्दै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उनले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे । ओलीले पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले काँग्रेसको पाउमा पुगेको बताए । 

उनले आपसमा लड्नुपर्ने कुनै कुरा नभएको भन्दै विरोधीसँग लड्न आवश्यक रहेकामा जोड दिए । हारेको र जितेको दुवै पचाउन उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप