पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिए : ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताएका छन् । विराटनगरमा आज आयोजित एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने दाबी गरे । उनले देश चलाउन एमालेबाहेक अरू नभएको बताउँदै त्यसका लागि मिसन ८४ अनुसार जित्न आवश्यक भएको बताए ।
उनले नवनिर्वाचित हरूलाई शुभकामना गर्दै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उनले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे । ओलीले पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले काँग्रेसको पाउमा पुगेको बताए ।
उनले आपसमा लड्नुपर्ने कुनै कुरा नभएको भन्दै विरोधीसँग लड्न आवश्यक रहेकामा जोड दिए । हारेको र जितेको दुवै पचाउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण