बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहका कर्मचारीहरूको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

बुधबार, १७ असोज २०८०, १४ : २८
बुधबार, १७ असोज २०८०

काठमाडौँ । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले आज पनि प्रदर्शन गरेका छन् । कर्मचारीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय तहका कर्मचारीले चार दिनअघि आन्दोलन थालेका थिए । 

हेरौं तस्बिरहरु :  

karmachari (2)karmachari (4)karmachari (5)karmachari (6)karmachari (7)karmachari (8)karmachari (9)karmachari (10)karmachari (11)karmachari (12)karmachari (13)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप