सुपारीबारे संसदीय समितिले थप छलफल गर्ने
बुधबार, १७ असोज २०८०, १५ : २०
काठमाडौँ । संसदीय समितिले नेपालमा उत्पादित सुपारी निकासीका सम्बन्धमा थप छलफल गर्ने भएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले नेपालमा उत्पादित सुपारी निकासीका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेसँगै यसबारे थप छलफल चलाउने निष्कर्ष निकालेको छ ।
छलफलमा समितिले सुपारी खेती व्यवसायको हालको समग्र अवस्थाका सम्बन्धमा सरोकारवालाहरुसँग जानकारी लिएको थियो । यस विषयमा समितिले थप अध्ययन गरी नेपाल सरकारका सरोकारवाला मन्त्रालय र पक्षसँग समितिको अर्को बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने निष्कर्ष निकालिएको सभापति अब्दुल खानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण