आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह
बुधबार, १७ असोज २०८०, १९ : २६

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका हुन् ।
साथै अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता एकता अक्षुण्ण राख्न आग्रह गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो समाजको मुख्य विशेषताबीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित
-
विभिन्न अस्पतालसहित एक हजार अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषद्को निर्णय
-
नेपाल–भारतबिच राजनीतिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि छ–मुख्यमन्त्री शाह
-
माओवादी एक नम्बरतिर उकालो लाग्दैछ : प्रचण्ड
-
रिले अनसनमा ऐक्यबद्धता जनाउन पुगे नवराज सुवेदी
-
चुनावमा लड्ने र जित्ने प्रथम नेपाली महिला