बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

क्यानोइङ खेलाडी गणेश सेमिफाइनल चरणका लागि छानिए

बिहीबार, १८ असोज २०८०, १६ : ४४
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार सेमिफाइनल चरणका लागि छनोट भएका छन् । दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन् । 

क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ । पहिलो हिट्समा गणेश १४औँ भए । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए । दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौँ भए । 

दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भएका हुन् । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । १६ जनामध्ये १० खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप