ओलीले भने–एमालेसँग विरोधीले लड्न सकेनन्
बिहीबार, १८ असोज २०८०, १८ : ३६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा एमालेको बागमती प्रदेशको नवनिर्वाचित कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले बुधबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरूको मन भत्भति पोलिरहेको बताए । उनले एमालेको विरोध गर्न गिरिबन्धु टी स्टेट भनेपनि गिरिबन्धु टी स्टेटको छानबिन गर्न चुनौती दिए ।
अध्यक्ष ओलीले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गरे । नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए ।
अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागि परेपनि आफैँ परेपछि घटना सेलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण