बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले भने–एमालेसँग विरोधीले लड्न सकेनन्

बिहीबार, १८ असोज २०८०, १८ : ३६
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् ।  

बिहीबार पार्टी कार्यालय च्यासलमा एमालेको बागमती प्रदेशको नवनिर्वाचित कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले बुधबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरूको मन भत्भति पोलिरहेको बताए । उनले एमालेको विरोध गर्न गिरिबन्धु टी स्टेट भनेपनि गिरिबन्धु टी स्टेटको छानबिन गर्न चुनौती दिए । 

अध्यक्ष ओलीले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गरे । नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए ।

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागि परेपनि आफैँ परेपछि घटना सेलाएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप