शान्ति प्रक्रियामा एमालेको स्वामित्व थियो र रहनुपर्छ : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले शान्ति प्रक्रियाबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको आफूहरूले राजनीतिक प्रतिवाद गर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक विषयको प्रतिवाद राजनीतिक तवरले नै गर्ने बताए ।
एमाले संस्थागत रूपमै शान्ति प्रक्रियासहित त्यसयताका सबै राजनीतिक प्रक्रियामा सहभागी हुँदै आएको भन्दै पुनले मुलुकको प्रमुख समस्याबाट एमाले अलग रहन नसक्ने टिप्पणी गरे । एमाले र आफ्नो दल मिलेर तत्कालीन नेकपा बनेको स्मरण गर्दै पुनले त्यतिबेलाका दस्ताबेजमा आफूहरुको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताबारे आधिकारिक दस्ताबेजमा धेरै विषय उल्लेख गरिएको सम्झिए ।
‘एमाले र हामी मिलेर नेकपा बनायौँ, पार्टी एकतापछि सँगै चुनावमा गयौँ । सरकारमा सहकार्य गरेका छौँ’, पुनले भने, ‘संविधानको प्रस्तावनामै जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको बलमा अहिलेको व्यवस्था स्थापना भएको कुरा लेखिएको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्ध र त्यसको योगदानबारे धेरै ठाउँमा उल्लेख गरिएको छ ।’
उनले उक्त यथार्थ स्वीकार नगर्ने भए राजनीतिक परिवर्तन स्वीकार नगरको अर्थ लाग्ने तर्क गरे । पुनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन एमाले बाधक बन्छ भन्ने आफूले नठानेको बताए । सेना समायोजन र संविधान लेखनमा एमाले र आफ्नो दलबीच सहकार्य भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काममा पनि सहकार्यको विकल्प नरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
-
केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी