कांस्य पदकका लागि साउदीका प्रतिद्वन्द्वीसँग भिडन्त गर्दै छन् कराँते खेलाडी विप्लव
शुक्रबार, १९ असोज २०८०, ०९ : ५७
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको कराँतेमा नेपाली खेलाडी विप्लवलाल श्रेष्ठले शुक्रबार कांस्य पदकका लागि भिडन्त गर्दै छन् । विप्लवले साउदी अरेबियाका खेलाडी तारेग हमेदीसँग कांस्य पदकका लागि भिडन्त गर्नेछन् ।
विप्लवले कराँतेको कुमिते पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् । शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा विप्लवले ताजिकिस्तानका खेलाडी उमेद साफारोभलाई १२—४ अंकले हराएका थिए । त्यसपछि उनी प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका थिए ।
क्वार्टरफाइनल खेलमा भने उनी किर्गिस्तानका खेलाडी सादिकानोभ अदिलेतसँग १—५ अंकले पराजित भएका थिए । क्वार्टरफाइनलमा पराजित भएपछि रेपेचागेको पहिलो खेलमा उनले ‘बाई’ पाएका थिए । उक्त खेलमा ‘बाई’ पाएर विप्लवले साउदी अरेबियाका खेलाडीसँग कांस्य पदकका लागि भिडन्त पक्का गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण