आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

हैदराबादमा गुलजार हाउसमा लाग्यो आगो, १७ को मृत्यु

आइतबार, ०४ जेठ २०८२, १३ : ००
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ, जसमा बालबालिका पनि छन्।
  • शर्ट सर्किट आगलागीको कारण हुनसक्ने अनुमान गरिएको छ, उद्धार जारी छ र केही मानिस अझै फसेका छन्।
  • मुख्यमन्त्री र प्रधानमन्त्री मोदीले दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार र मृतकका परिवारलाई राहतको घोषणा गरेका छन्।

नयाँ दिल्ली । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसमा आगलागी भएको छ । दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । 

मर्नेमा केही बालबालिका पनि भएको बताइएको छ । भवनबाट १० देखि १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । केही मानिसहरू अझै पनि घरभित्रै फसेको र उद्धार कार्य जारी रहेको खबर आएको छ । 

आगलागीको कारण शर्ट सर्किट भएको बताइएको छ । तर यसको आधिकारिक रूपमा पुष्टि भएको छैन । बिहान करिब ६ः३० बजे आगलागीबारे दमकल विभागलाई जानकारी गराइएको थियो । त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । 

मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउन निर्देशन दिएका छन् । सोही समयमा, केन्द्रीय मन्त्री जी. किशन रेड्डी र एआईएमआईएमका विधायक मुमताज अहमद खान घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएका थिए । प्रधानमन्त्री मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

‘हैदराबाद आगलागी घटनामा मृत्युको खबरले गहिरो दुःखमा छु । आफ्ना प्रियजन गुमाएकाहरूप्रति समवेदना । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना ।’ पीएमओले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेको छ । प्रधानमन्त्री राहत कोष बाट मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५०,००० रुपैयाँ दिइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप