शिक्षकमा आमाले झैँ शिक्षा दिने भावना आउने कानुन निर्माण गर्नुपर्छ : रामहरि खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूमा आमाले झैँ शिक्षा दिने भावना बनाउने कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार विद्यालय शिक्षासम्बन्धी सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खतिवडाले उनले सकारात्मक भावना भएको शिक्षक र विद्यार्थी उत्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले भने– ‘राम्रो शिक्षा दिन सकिएन भने त्यसले केही अर्थ दिँदैन । विद्यालयभन्दा पहिलो पाठशाला घर नै हो, आमा नै हो भन्ने जुन भावना थियो, त्यो भावना गुरुहरूले आमाको काखमा हुर्किएको जस्तो शिक्षा दिने सबैलाई अनुभूति होस् ।’
२०७४ साल चैत २८ गतेपछि नियुक्त भएका शिक्षकहरूलाई पेन्सनबाट वञ्चित गरिने कुरा उल्लेख भएको बताउँदै खतिवडाले अघिल्लो दिन चैत २७ गते नियुक्त भएको शिक्षकले पेन्सन पाउने तर भोलिपल्ट नियुक्त भएकोले नपाउने स्थिति पनि उपयुक्त नहुने उनले बताए । उनले यसबारे समितिमा गम्भीर ढङ्गले दफावार छलफल हुने उल्लेख गरे ।
शिक्षा क्षेत्रमा बाहुबलको प्रयोग गर्न नहुने बताउँदै उनले वीपी कोइरालाले भनेझैँ विचार, सिद्धान्त र ज्ञानको भण्डारको रूपमा हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण