बारामा विभिन्न पार्टी परित्याग गरी करिब २ हजार जना एकीकृत समाजवादीमा प्रवेश
बारा । मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत बारा निर्वाचन क्षेत्र नं ४ मा विभिन्न पार्टीमा आबद्ध रहेका करिब २ हजार व्यक्ति नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
बिहीबार र शुक्रवार आयोजना भएको छुट्टाछुटै कार्यक्रममा बारा–४ बाट विभिन्न पार्टीमा आबद्ध भएका करिब २ हजार नेता तथा कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाए ।
बारा–४ का संघीय संसाद किसान श्रेष्ठको पहलमा आयोजना भएको कार्यक्रममा जीतपुर सिमरा–७ मा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । जसमा बारा ४ (क) प्रदेश सभा सदस्य उम्मेदवार सन्तोष कुशवाहको नेतृत्वमा जीतपुर सिमरा वडा नं ८ का निवर्तमान वडाध्यक्ष रामबाबु पटेल, समाजसेवी आशा दाहाल पार्टी प्रवेश गरेका थिए । त्यस्तै, वडा नं २१ अम्लेखगञ्जमा मानबहादुर विकको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बढी छन् ।
सो अवसरमा सांसद किसान श्रेष्ठले अगामी ४ वर्षपछि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले एक्लैले चुनाव जित्ने गरी जनताको विकासको काम गर्ने बताए । उनले पार्टी प्रवेश गर्ने सबैलाई ससम्मान संगठित रुपमा पार्टी कमिटिभित्र समेटेर लैजाने बताए ।
कार्यक्रममा नेकपा एसकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले पार्टी प्रवेश गरेका युवाहरुलाई रोजगारी र सीपसँग जोड्न सके मात्रै पार्टी बलियो हुँदै जाने बताइन् ।
पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, घनश्याम भुषाल, उपमहासचिव विजय पौडेल, सचिव नागेन्द्र चौधरी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण