बारामा विभिन्न पार्टी परित्याग गरी करिब २ हजार जना एकीकृत समाजवादीमा प्रवेश

बारा । मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत बारा निर्वाचन क्षेत्र नं ४ मा विभिन्न पार्टीमा आबद्ध रहेका करिब २ हजार व्यक्ति नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
बिहीबार र शुक्रवार आयोजना भएको छुट्टाछुटै कार्यक्रममा बारा–४ बाट विभिन्न पार्टीमा आबद्ध भएका करिब २ हजार नेता तथा कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाए ।
बारा–४ का संघीय संसाद किसान श्रेष्ठको पहलमा आयोजना भएको कार्यक्रममा जीतपुर सिमरा–७ मा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । जसमा बारा ४ (क) प्रदेश सभा सदस्य उम्मेदवार सन्तोष कुशवाहको नेतृत्वमा जीतपुर सिमरा वडा नं ८ का निवर्तमान वडाध्यक्ष रामबाबु पटेल, समाजसेवी आशा दाहाल पार्टी प्रवेश गरेका थिए । त्यस्तै, वडा नं २१ अम्लेखगञ्जमा मानबहादुर विकको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बढी छन् ।
सो अवसरमा सांसद किसान श्रेष्ठले अगामी ४ वर्षपछि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले एक्लैले चुनाव जित्ने गरी जनताको विकासको काम गर्ने बताए । उनले पार्टी प्रवेश गर्ने सबैलाई ससम्मान संगठित रुपमा पार्टी कमिटिभित्र समेटेर लैजाने बताए ।
कार्यक्रममा नेकपा एसकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले पार्टी प्रवेश गरेका युवाहरुलाई रोजगारी र सीपसँग जोड्न सके मात्रै पार्टी बलियो हुँदै जाने बताइन् ।
पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, घनश्याम भुषाल, उपमहासचिव विजय पौडेल, सचिव नागेन्द्र चौधरी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
-
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
-
वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार हो : प्रचण्ड
-
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै
-
देउवासँग सहमहामन्त्री परियारले दलित संघका अध्यक्षबारे गुनासो गरेपछि...
-
व्यापारिक लेनदेनमा पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि फुत्किए