शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

एमाले सुदूरपश्चिम अधिवेशन : सहमतिको प्रयास कमजोर बन्दै, निर्वाचन हुने संकेत

सोमबार, २२ असोज २०८०, १४ : ५२
सोमबार, २२ असोज २०८०

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको बन्दसत्र सोमबार दिउँसोदेखि सुरु भएको छ ।  धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वमा सहमति जुटाउन छलफल अघि बढाए पनि सहमति जुट्न सकेको छैन । महासचिव पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल थालेका हुन् । तर सहमतिको प्रयास कमजोर बन्दै गएको एमालेका एक नेताले बताए ।

यद्यपि, महासचिव पोखरेलले छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिइएका छन् । ती नेताले भने- ‘सहमतिको प्रयास जारी छ । अझैसम्म कसैको उम्मेदवारी घोषणा समेत भएको छैन । तर अहिलेसम्म सहमतिको वातावरण बन्न नसकेकोले सहमतिको प्रयास पनि कमजोर बन्दै गएको छ ।’

सहमतिको अन्तिम प्रयास जारी रहेको बताउँदै ती नेताले आकांक्षीहरूकाबीच अझै कुरा मिल्न नसकेकाले निर्वाचन प्रक्रियामा जाने सम्भावना प्रवल रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेताहरू दबाबमा छन् ।

आइतबार साँझ बन्द सत्रलाई थाति राखेर नेताहरूले सहमतिका लागि प्रयास गरेका थिए तर आकांक्षीहरूका बीचमा सहमति हुन सकेन । सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको लागि अकांक्षी देखिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप